Breaking News

उदयपुर १ मा कांग्रेसका नारायण खड्काले नतिजा उल्ट्याए, मञ्जु चौधरी पराजित

उदयपुर, २५ म‌ंसिर । उदयपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. नारायण खड्का विजयी भएका छन्।

उनले ३३ हजार १४२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एकालेकी प्रतिनिधिसभा सदस्य उम्मेद्वार मञ्जुकुमारी चौधरीले ३२ हजार ५ सय ९४ मत प्राप्त गरिन्।

एमालेका मञ्जु चौधरीसँग सुरु देखिनै उछिना उछिन भएपनि अन्तिममा खड्काले ५ सय ४८ मतको अन्तरले जितेका हुन् । २०७० सालको चुनावमा ३ क्षेत्र रहेको उदयपुरमा खड्का १ र चौधरी २ बाट विजयी भएका थियो ।

तर यसपालि निर्वाचन क्षेत्र २ वटा मात्रै भएपछि खड्का र चौधरीको प्रतिस्पर्धा भएको हो ।

shares