Breaking News

म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीच अाज राती प्रतिस्पर्धा हुँदै

निलम महर्जन/काठमाण्डाै, २४ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा आज शहरीय प्रतिद्धन्द्धीद्वय म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रिमियर लिगमा सिजनकै महत्वपूर्ण मानिने म्यान्चेष्टर डर्बीबीचको खेल नेपाली समयअनुसार राती सवा १० बजे युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुन लागेको हो ।

आजको खेलमा घरेलु टोली युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् भने डिफेन्डर फिल जोन्स टोलीमा आएका छन् । यस सिजन प्रिमियर लिगमा खेलेका १५ खेल मध्ये १४ जित र बराबरी खेलेको सिटी ४३ अंक जोड्दै तालिकाको पहिलो स्थानमा छ । त्यस्तै, ३५ अंकका साथ सिटीलाई पछ्याईरहेको युनाइटेड दोस्रो स्थानमा छ ।

 

shares