Breaking News

बामदेवलाई पराजित गरे संजयले

बर्दिया, २४ मंसिर । बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका संजय कुमार गाैतमले नेकपा एमालेका उपाध्यक्ष बामदेव गाैतमलार्इ पराजित गरेका छन् ।

सिंचाइ मन्त्रीसमेत रहेका संजय गाैतमले कुल ४४ हजार ८२९ मत ल्यार्इ ७५३ काे मतान्तरले निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बामदेव गाैतमले ४४०७६ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका जिल्ला सभापति रहेका विजयी नेता गौतम यसअघि ०६४ सालमा उम्मेद्वार बनेर पराजित भए पनि २०७० सालको चुनावमा भने ११ हजार ६ सय मत सहित विजयी भएका थिए ।

shares