झापा क्षेत्र नम्बर २ बाट एमालेका पवित्रा निराैला (खरेल) विजयी

झापा, २४ मंसिर । झापा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनकाे तर्फबाट उम्मेद्वारी दिएका नेकपा एमालेका पवित्रा निराैला (खरेल) विजयी भएका छन् ।

निराैलाले कुल ४५ हजार ८१७ मत प्राप्त गरेर सो क्षेत्रबाट निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी न‍ेपाली कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरे ।

२०७० सालको चुनावमा झापा २ बाट उम्मेदवार बनेकी पवित्रा निराैला कांग्रेसका सुधिर शिवाकोटीसँग पराजित भएकी थिइन् । हाल उनी एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र अनेमसंघको केन्द्रीय सदस्य पनि हुन् ।