Breaking News

देउवाले राजीनामा दिनु पर्छ : प्रकाशमान सिंह (भिडियो)

काठमाण्डौ २४ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाले पार्टी सभापति पदबाट राजीनामा दिनुपर्ने बताएका छन ।

हिमालय टेलिभिजनकाे कार्यक्रम ‘धमलाकाे हमला’मा नेता सिंहले प्रतिनिधि र प्रदेश सभाकाे परिणामले शेरबहादुर देउवाकाे नेतृत्व असफल भएकाे प्रमाणित भएकाले देउवाले राजीनामा दिनुपर्ने बताए ।

उनले भने ‘पार्टीले नराम्रोसंग पराजित भएकाले यसकाे जिम्मेवारी नेतृत्वले लिनु पर्छ।’ नेता सिंहले अब पार्टी सभापति बन्ने पालो अाफ्नो रहेकाे बताएका छन ।

पार्टी सभापति भएपछि अाफुले सही ढंगले नेतृत्व गर्ने दावी पनि सिंहले गरेका छन । टेलिभिजन शो धमलाकाे हमला अाज राती ८ बजेर ५ मिनेटमा हिमालय टेलिभिजनमा हेर्न सक्नुहुनेछ ।

shares