Breaking News

माजुङ्ग क्यासिनोबाट २३ जना जुवाडे पक्राउ

काठमाण्डौ २४ मंसिर । महानगरीय प्रहरी परिसर काठमाडौँले गैरकानुनी रुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने र खेलाउने २३ जनालाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले क्यासिनो माजुङ्ग छिरेर जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई आज विहान तीन बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका २३ जनामध्ये ४ जना विदेशी रहेकाले उनीहरुलाई छाडिएको र बाँकी १९ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

परिसरका प्रमुख रविन्द्र धानुकले क्यासिनोले नेपालीलाई नक्कली कार्ड बनाई प्रवेश गराई जुवा खेलाई रहेको विशेष सूचनाका आधारमा चेकजाँच गर्दा पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले चार लाख ४३ हजार २४६ नेपाली रुपैँया, अरेवीयन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरको क्वाइन २७ थान, पाँचसय दरको क्वाईन दुई थान, १०० दरको क्वाइन ६ थान र रु सातलाख नेपाली रुपैँयाको चेक एक थान बरामद गरेको छ ।

 

shares