झापा क्षेत्र नं. ५ बाट केपी अाेली दाेब्बर मतले विजयी

झापा, २४ मंसिर। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अाेली ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेद्वारले प्राप्त गरेकाे  मतमध्ये ओलीको मत सर्वाधिक हो ।

उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए ।