विजय जुलुस गर्ने क्रममा राैतहट क्षेत्र नं २ काे राजपुरमा झडप

रौतहट, २४ मंसिर । रौतहटको राजपुर न.पा १ मा नेपाली काङ्ग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएकाे छ ।

दुबै दलको विजय र्याली एकै ठाउँमा जुध्दा झडप भएकाे हाे । झडप भएपछि प्रहरी द्वारा अश्रुग्यांस र ३ राउन्ड हवाई फाइरिङ भएकाे छ ।
रौतहट क्षेत्र नम्बर २ का विजयी उम्मेदवार अफताब आलमको घरतर्फ फोरम कार्यकर्ताको जुलुस जाँदा झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख यज्ञ विनोद पोखरेलले बताए ।