हितबहादुर तामाङद्वारा डा. रामशरण महत पराजित

नुवाकोट, २४ मंसिर । नुवाकोट क्षेत्र नम्बर १ मा वाम गठबन्धनका माओवादी उम्मेद्वार हितबहादुर तामाङ विजयी भएका छन् ।

उनले कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई ९ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याउँदा महतले २७ हजार ९ सय २० मत पाए।