पाल्पा क्षेत्र नम्बर १ मा एमालेका दलबहादुर राना विजयी

पाल्पा, २४ मंसिर । पाल्पा क्षेत्र नम्बर १ मा काे प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका दलबहादुर राना विजयी भएका छन् ।

रानाले ३२ हजार ५४९ मत सहित विजयी भएका हुन् । उनी ८ हजार ५५६ काे फराकिलाे मतान्तरसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ मत प्राप्त गरे ।