Breaking News

वामदेव गौतमलाई सञ्जयकाे कडा चुनाैती, यस्तो छ ताजा परिणाम

बर्दिया, २४ मंसिर । वाम गठबन्धनबाट बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतमलाई निर्वाचन जित्नका लागि सकस देखिएको छ ।

पछिल्लो प्रारम्भिक परिणाम अनुसार गौतमले ३५ हजार ७ सय २८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार सञ्जय गौतम ३८ हजार ३ य ५१ पाएका छन् ।

मत गणनाको अन्तिम चरणमा आइपुग्दा अहिले सञ्जयले २ हजार ६ यस २३ मतले पछाडि छाडेका छन् । एमालेका उपाध्यक्ष गौतम अहिलेको निर्वाचनमा एमाले र माओवादीलाई तालमेल गराई पार्टी नै एक बनाउने कार्यका मूख्य पात्र हुन् ।

वाम गठवन्धन दुई तिहाई बहुमत तर्फ उन्मुख भइरहदा उनलाई निर्वाचन जित्न निकै कठिन रहेको छ ।

shares