
इलाम, २४ मंसिर । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल विजयी भएका छन् ।
उनले ३६ हजार ८ सय ७ मतसहित जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे ।
खनालले कट्टेललाई १७ हजार १ यस ७० मतले पछि पारेका थिए । उक्त क्षेत्रमा कूल ६४ हजार ५१२ मत खसेको थियो ।