Breaking News

काठमाण्डौ क्षेत्र नम्बर २ मा माधवकुमार नेपालकाे शानदार जित

काठमाण्डौ, २३ मंसिर। काठमाण्डौ क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी भएका छन् ।

उहाँले नेपाली कांग्रेसका नेता दिपककुमार कुईंकेललाई पराजित गर्नुभएको हो । नेपालले २७ हजार ३ सय ६३ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिस्पर्धी कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत ल्याए ।

तेस्रो स्थानमा रहेका विवेकशील साझाका स्रर्यराज आर्चायले ७ हजार ४ सय ३७ मत प्राप्त गरे ।

shares