October 20, 2017

रेशम विरहीको नयाँ ‍ उपन्यास ‘प्रेमदासको डायरी’ सार्वजनिक

काठमाडौँ  २३ बैशाख । साहित्यकार तथा पत्रकार  रेशम विरहीको नयाँ ‍ उपन्यास ‘प्रेमदासको डायरी’  सार्वजनिक भएको छ।

उपन्यास नेपालको कम्युनिष्ट आन्दोलन, भारतको प्रभाव तथा आन्दोलनबाट पलायन पात्रको कथामा आधारित रहेको छ।
शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा लेखक तथा साहित्यकार नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा उपन्यासको विमोचन गरे। शिखा बुक्सद्वारा प्रकाशित उपन्यासकाे मूल्य ३९५ रुपैयाँ रहेको छ।