राम कार्की र विश्वप्रकाश शर्माबीच टक्कर, कस्ले मार्ला बाजी?

झापा, २३ मंसिर । झापा क्षेत्र नं. १ मा कांग्रेसका विश्वप्रकाश शर्माले वाम गठबन्धनका उम्मेद्वार राम कार्कीलाई पछ्याइ रहेका छन् ।

मतगणना बढ्दै जाँदा दुवैजनाको मतको अनुपात समानान्तर हिसाबले अघि बढिरहेको छ । शर्मा कार्कीभन्दा ८ सयदेखि १ हजार मतले  पछिपछि हुनुहुन्छ ।

पछिल्लो विवरण अनुसार कार्कीले १९ हजार १ सय ७० मत पाउँदा शर्माले १८ हजार १ सय ४० मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।