कालिकोटमा माओवादी केन्द्रका दुर्गबहादुर रावत निर्वाचित

कालिकाेट, २३ मंसिर । कालिकोटबाट प्रतिनिधसभा सदस्यमा माओवादी केन्द्रका दुर्गबहादुर रावत निर्वाचित भएका छन् ।

उनले २१ हजार १११ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार २८३ मत ल्याए ।