बैतडीकाे प्रतिनिधीसभा सदस्यमा एमालेका दामोदर भण्डारी विजयी

बैतडी, २३ मंसिर । बैतडीकाे  प्रतिनिधीसभा सदस्यमा वाम-गठबन्धनकाेतर्फबाट एमालेका उम्मेद्वार दामोदर भण्डारी विजयी भएका छन् ।

भण्डारीले ३९ हजार ५ सय २४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर चन्दले ११ हजार २ सय ३३ मत प्राप्त गरे।