August 17, 2017

अाफ्ना कार्यकर्तालाई पक्राउ गर्ने र झुठा मुद्दामा फसाउने सरकारी कार्यकाे एमालेद्वारा विरोध

काठमाण्डौ २३ बैशाख । प्रमुख विपक्षी नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुलाई झूठा मुद्दामा फसाउन प्रहरी प्रशासनको दुरुपयोग गरिएको आरोप लगाएको छ ।
शनिबार काठमाडौमा एमाले प्रचार बिभागले गरेको पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले कतिपय जिल्लामा एमाले उम्मेदवारका परिवारका सदस्यलाई समेत पक्राउ गरिएको दाबी गरे । प्रहरीभित्रका केही मान्छे एमालेका कार्यकर्तालाई फसाउने, गिरफ्तार गर्नासाथ सार्वजनिक अपराधको मुद्दा लगाएर चुनावसम्म थुन्ने षडयन्त्रमा सामेल भईरहेको एमालेले आरोप लगाएको छ । महासचिव पोखरेलले चुनावको सुरक्षा व्यवस्थामा प्रश्न उठाउने ठाउँहरु देखिएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । त्यस्तै उनले सुरक्षा र निष्पक्षताको दृष्टिबाट एक महिनाको फरकमा दुई चरणको चुनाव सम्भव नहुने बताए ।
‘महासचिव पोखरलले प्रधानन्याधिशका बिषयमा सर्वोच्चको पछिल्लो आदेश स्वागयोग्य भएको भन्दै सबै दलले यसलाई स्वीकार गर्नु छ’ भने । उनले संबैधानिक व्यवस्था अनुसार सबै चल्नुपर्ने धारणा पनि राखे ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निर्वाचनका लागी एमालेले गरिरहेको तयारीका बिषयमा पनि जानकारी गराए ।