म्याग्दीमा नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी

म्याग्दी, २२ मंसिर । म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा  वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्।

थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खम्बीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका छन्।