बझाङमा वाम गठबन्धनको क्लिन स्वीप

बझाङ,२२ मंसिर ।  बझाङमा वाम गठबन्धनबाट एमालेका प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् ।

उनले ३४ हजार ६ सय १२ मतसहित जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरे ।

यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा एमालेकै अर्जुनबहादुर थापा १७ हजार ८६४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्दादेवी जोशीले १३ हजार १९७ मत पाइन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी देवकी मल्ल विजयी भइन् । उनले १६ हजार ४४३ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेशबहादुर सिंहले १४ हजार २४२ मत पाए।