August 16, 2017

न्यायलय चलाउने सरकार असभ्य : केपी अोली

काठमाण्डौ २३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले न्यायलयलाई चलाएर सरकारले असभ्य काम गरेको आरोप लगाएका छन ।
राष्ट्रिय मृगौला पिडित संघ नेपालले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सर्वोच्चको प्रधान्यायधिशमाथि महाअभियोग लगाएर सभ्य तरिकारले सरकार नचलेको आरोप लगाए ।

उनले सरकार पनि कानुनी परिधिबाट नियन्त्रीत हुनुपर्ने बताए । ओलीले एमालेको सरकारले जनताका लागी निकै राम्रा कार्य गरेको दाबी गरे । आफुले ९ महिनामा गरेको काम अरुले ९ बर्षमा पनि गर्न नसक्ने  अाेलीकाे दावी थियो ।
अध्यक्ष ओलीले मृगौला पिडितलाई आफ्नौ सरकारले निशुल्क स्वास्थ्य परिक्षण र अन्य सुविधाको व्यबस्था गरेको भन्दै अहिलेको सरकारले पनि यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।