सोलुखुम्बुमा वाम गठबन्धनका रार्इ र केसीबिच मतान्तर ४ हजार नाघ्यो

सोलुुखुम्बु,२२ मंसिर । सोलुखुम्बुमा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार हेमकुमार राईले काँग्रेस उम्मेदवार बलबहादुर केसीबिचको मतान्तर ४ हजार नाघेको छ ।

पछिल्लो मतपरिणाम अनुसार राईले ९ हजार १ सय ७२ मत ल्यएका छन् भने केसीले ४ हजार ९ सय २५ मत पाएका छन् ।

नयाँ शक्तिका सुनिल खड्काले ६ सय ४९ मत प्राप्त गरेका छन्छ । यस्तै, प्रदेशसभातर्फ क मा वाम गठबन्धनका उत्तम बस्नेतले ४ हजार १ सय ६६ र काँग्रेसका प्रकाशसिंह कार्कीले २ हजार ७ सय ३१ मत पाए ।

प्रदेशसभाको ख मा वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले ४ हजार ८ सय ५६ र काँग्रेसका आङ गेलु शेर्पाले ३ हजार ६ सय ६४ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ १६ हजार ८ सय ५० मत गणना भएको छ ।