रुकुम पूर्वको ‘क’मा माओवादीका तेजबहादुर ओली विजयी

रूकुम, २२ मंसिर । रुकुम पूर्वको ‘क’ प्रदेशसभा सदस्यमामा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् ।

ओलीको पक्षमा ५ हजार ४ सय २७ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मत अन्तरमा पराजित गरे । भने कांग्रेसका पुनले २ हजार १ सय ४४ मत ल्याएका छन् ।

उनी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रुकुम पूर्वको जिल्ला इन्चार्ज हुन् । १३ हजार ९ सय ३ मतदाता रहेको ‘क’ निर्वाचन क्षेत्रमा ८ हजार ८ सय ६१ मत खसेको थियो ।

खसेको मध्ये ८ हजार ४ सय ८४ मत मात्रै सदर भएको छ । ४ जनाको उम्मेदवारी परेको उक्त निर्वाचन क्षेत्रमा नयाँ शक्तिका राखिमान घर्तीले ८ सय ५१ मत  ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाका अनाराम पुनले ५९ मत ल्याएका छन् ।