बाबुराम र नारायणकाजीबीच कडा टक्कर, मतगणना स्थलमा दुबै नेता छैनन्

गोरखा, २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए । पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५ सय ३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३ सय ९९ मत छ । गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् ।

उनले ४ हजार ९३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी रहँदा चर्चामा रहेका गोेरखा–२ का दुई उमेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ जिल्लामा छैनन्।

भट्टराईकी छोरी मानुषी प्रतिनिधिका रूपमा मतगणनास्थलमा छिन्। मानुषीका अनुसार भट्टराई शुक्रबार गोरखा आउने र अन्तिम मतपरिणाम नआउञ्जेल  रहने छन् ।

बिरामी भएर काठमाडौंमा आराम गरिरहेका श्रेष्ठ भने तत्काल गोरखा आउने कार्यक्रम नभएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।