प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे विजयी

मनाङ, २२ मंसिर । मनाङको प्रदेश (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) निर्वाचित भएका छन् ।

उनिले १ हजार ४ सय १० मत पाएका विजयी भएका हुन् । मनाङेका प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् ।

कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ (ख) मा २ हजार ४ सय ३६ मत खसेको थियो । एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् ।

जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो ।