मनाङबाट एमाले पहिलोपटक प्रतिनिधि सभामा विजयी

काठमाडौ, २२ मंसिर । मनाङमा वाम गठबन्धनबाट एमालेका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।

कांग्रेसको गढ तोड्दै मनाङमा वाम गठबन्धनले जित हात पारेको छ । पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङले २ हजार ३ सय मत ल्याउदा  उनका प्रतिद्वन्द्वी पूर्वमन्त्री टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।

खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको छ । नेपालमै सवैभन्दा कम मतदाता रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५ हजार ८ सय ८१ मतदाता छन् ।

मनाङमा एमालेले पहिलोपटक प्रतिनिधि सभाको निर्वाचन जितेको हो । यसअघि सधैं कांग्रेसले जित्दै आएको थियो ।