अछाममा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप, स्थिती तनावग्रस्त

अछाम, २१ मंसिर । अछामको चौरपाटी गाउँपालिका-५, लुंग्राको दया पिपलतोला मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थिती तनावग्रस्त बनेको छ ।

नेपाली कांग्रेसले फर्जि मत खसालेको आरोप वाम गठबन्धनका कार्यकर्ताले लगाएपछि ढुंगा हानाहान भएको स्थानीय निराजन खड्काले जानकारी दिए । स्थितलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड असुग्यास प्रहार गरेको छ ।

अवस्था उग्र हुने भएपछि अहिले नेपाली सेनाको हेकिप्टरले त्यहाँ गए पनि बस्न नसकेर हवाई गस्ती गरिरहेको छ । झडपमा कति घाइते भए भन्ने एकिन हुन नसकेको स्थानीयले बताएका छन् ।

अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बसेको बताइएको छ । उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।