August 24, 2017

अाज पनि सुशीला कार्कीको पक्षमा प्रदर्शन

काठमाण्डौ २३ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव न्यायलयमाथिको हस्तक्षेप भएको भन्दै नागरिक अगुवाहरुले शनिबार पनि काठमाडौंको माईतिघरमा धर्ना दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि न्यायलयमाथि हस्तक्षेप बढ्न सक्ने भन्दै उनीहरुले सचेत गराएका छन् ।

भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्धमा उभिएको न्यायलयलाई सिमित स्वार्थका आधारमा प्रयोग गर्न नहुने उनीहरुको भनाई छ । बरिष्ठ अधिवक्ता शम्भु थापाले दलहरुले न्यायलयमाथिलाई हस्तक्षेप जारी राखे आम नागरिक पनि चूप लागेर नबस्ने चेतावनी दिए ।
धर्नामा सहभागीहरुले कार्यपालीका र न्यायपालीकाको शक्ति सन्तुलनमा ध्यान दिन पनि माग गरेका छन् ।