चुनावपछि देशमा स्थायित्व र अार्थिक विकास हुने केपी ओलीकाे प्रतिक्रिया

काठमाण्डाै, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि देशमा स्थायित्व र अार्थिक विकास हुने विश्वास व्यक्त गरेका छन् ।

भक्तपुरको सुर्यविनायीक नगरपालिका २ बालकोट स्थित महेन्द्र शान्ति माध्यामिक विद्यालयको केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दे अध्यक्ष ओलीले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले सरकारले चुनाव टार्न अनेकौं बहाना गरेपनि सफल हुन नसकेको दाबी गरे ।

दिनहुँ बम पड्किरहँदा पनि सरकारले बम कसले पड्कायो भनेर भन्न नसकेको ओलीको अाराेप छ । उनले चुनाव लगत्तै एमाले र माओवादी मिलेर सरकार बनाउने दावी पनि गरे । पत्रकारले किन मतदान गर्न ढिलाे आएको भन्ने प्रश्न गर्दा ओलीले किन हतार गर्नु भनेर ढिलै आएको प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले बेलुकी ४ बजेपछि मात्रै मतदान गरेका हुन् । अरु सबै शीर्ष नेताहरुले बिहान मतदान गरेपनि ओलीले ढिलो मात्रै मतदान गरेका छन्। उनि झापा क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेद्वार समेत रहेका छन् ।

झापाबाट उम्मेदवारी दिएकाले उनले आफूलाई मतदान गर्न भने पाएनन् । पहिले पनि आफूले आफैंलाई मतदान नगरेकाले यो ठूलो कुरा नभएको उनको भनाई थियो ।