मतदानपछि यस्ताे अायाे शीर्ष नेताहरूकाे प्रतिक्रिया

काठमाण्डौ, २१ मंसिर । अाज ४५ जिल्लामा प्रतिनिधि र प्रदेशसभा सदस्यका निर्वाचन लागि मतदान भैरहेकाे छ ।

दोस्रो चरणको निर्वाचन अधिकांश शीर्ष नेताले मतदान गरेका छन् । मतदानपछि नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । मुख्यगरी सबै नेताहरुहरुले मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् ।

शेरबहादुर देउवाः

 डेलधुराबाट प्रतिनिधीसभा सदस्य उम्मेद्वार समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। मतदानपछि उनले ट्वीट गरेका छन्– ‘समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्र पुगेर मैले आफ्नो मताधिकार प्रयोग गरेको छु ।

र, तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतिहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु।’ओलीप्रति देउवाले व्यङ्ग्य गर्दै भने अब पनि जनतालाई शेरबहादुरले चुनाव सार्दै छ भन्छन् ।

पुष्पकमल दाहालः

 माओवादी केन्द्र अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका प्रतिनिधीसभा उम्मेद्वार चितवन ३ का उम्मेदवार रहेका दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा रहेको आधारभूत विद्यालय शान्तिपुरमा मतदान गरेका छन् ।

मतदान पछि उनले भने– ‘सबैभन्दा ठूलो विद्रोहको नेतृत्व मैले गरें । शान्तिप्रक्रियाको नेतृत्व पनि गिरिजाबाबु र मैले गर्‍यौं तर गिरिजाबाबु अहिले हुनुहुन्न । म मात्रै जीवित बाँकी छु ।

त्यो कारणले पनि यो प्रक्रियाको सफलतासम्म आइपुग्दा, संविधान घोषणा, त्यसको कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका खेलेर अहिले आफैंले आफ्नै जिल्लामा आएर मतदान गर्दा र यहाँबाट स्थायीत्वको नयाँ यात्रा र विकास र समृद्धिको यात्रा सुरु भएको महसुस गरेको छु।

झलनाथ खनालः

एमाले वरिष्ठ नेता एवम् इलाम क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेद्वार खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेका थिए ।

मतदानपछि उनले भने– ‘देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ।

रामचन्द्र पौडेलः

 नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार पौडेलले तनहुँको व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

मतदानपछि उनले भने–’७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलन र संघर्षको परिणामले प्राप्त संविधानलाई कार्यान्वयन गरी लोकतन्त्रलाई संस्थागत गरी मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यो निर्वाचन भइरहेको बताए । यसले मुलुकलाई अग्रगतिमा लग्नेछ र नेपालमा लोकतन्त्र साकार हुनेछ भनेर मैले विश्वास लिएको छु।’

कृष्ण सिटौलाः

नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा उम्मेदवार सिटौलाले झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

मतदानपछि उनले भने– ‘संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन् ।

अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुन्छ । निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ । अब परिवर्तन विरोधीहरु आफैं पाखा लाग्छन्।’

प्रकाशमान सिंहः 

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

मतदानपछि उनले भने– ‘भातृत्वका हिसाबले रविन्द्र मिश्रलाई पत्रकारले चर्चामा ल्याए तर ग्राउन्डको हिरो मै हुँ।’

रवीन्द्र मिश्रः

विवेकशील साझा पार्टीका संयाेजक एवम् काठमाडाै क्षेत्र नम्बर १ का प्रतिनिधीसभा उम्मेदार रविन्द्र मिश्रले ललितपुरकाे रत्न ज्याेजी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 मतदानपछि मिश्रले ट्वीट गरेका छन्– ‘देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, आफ्नो परिवार बनाउनका लागि, आफ्नो भविष्य बनाउनका लागि लोकतन्त्रमा एउटा मतको ठूलो शक्ति हुन्छ । त्यो हामी सबैले प्रयोग गर्नुपर्छ।’

विमलेन्द्र निधिः 

नेपाली कांग्रेसका नेता एवम् धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभा सदस्य उम्मेद्वार निधिले धनुषाको राजेश्वरनिधि उच्च माविबाट मतदान गरेका छन् । मतदान पछि उनले ट्वीट गरेका छन्– ‘मैले यहाँहरूका अधिकारका लागि यहाँहरूकै प्रतिनिधीको हैसियतले मतदान गरे ।

यो निर्वाचन सशस्त्र संघर्षलाई शान्तिमा रूपान्तरण गर्दै देशलाई सम्वृद्धिको अभियानमा लैजाने जनचाहनाको सम्बोधनका लागि भैरहेको हो। जसको नेतृत्व इतिहासका सबै कालखण्डमा कांग्रेसले गरेको हो र गरिरहने छ ।’

ईश्वर पोखरेलः 

एमालेका महासचिव एवम् काठमाडाैं क्षेत्र नम्बर ५ वाम गठबन्धनका प्रतिनिधीसभा उम्मेदवार इश्वर पोखरेलले टोखा नगरपालिका- ६, स्काईलार्क स्कुल धापासी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि उनले भने– ‘वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्छौं ।

हाम्रो अबको ध्यान मुलुकको पुनर्निर्माण र आधुनिकीकरणमा हुनेछ, समृद्धि प्राप्तिका निम्ति हुनेछ। विकास र समृद्धिको पक्षमा काम नगर्नेहरु अब आफै समाप्त भएर जान्छन्, त्यसैले हाम्रो ध्याउन्न अब मुलुक बनाउनेतिरै हुनेछ।’

कमल थापाः 

उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष तथा मकवानपुर क्षेत्र. १ बाट लाेकतान्त्रिक गठबन्धनका प्रतिनिधीसभा उम्मेद्वार थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि उनले पनि ट्वीट गरेका छन्– ‘मैले आफ्नो मतदान गरें। यो निर्वाचन पश्चातशान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार भै देश आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बिश्वास गरेको छु। मतदान गर्नबाट कोही नछुटौं।’

भीमबहादुर रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बिहान ७ बजे मतदान गर्नुभएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ६ मा रहेकाे चन्द्राेदय अाधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रावलबाट मतदान कार्य शुभारम्भ भएको थियाे ।

मतदानपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले लामाे संघर्षपछि प्राप्त लाेकतन्त्र र गणतन्त्रको संस्थागत विकास र देशकाे समृद्धिका लागि चुनाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयाे । “चुनावले नयाँ राजनीतिक अायाम दिनेछ” रावलले भन्नुभयाे “चुनाव पछि प्रदेश र केन्द्रीय सरकार स्थिर हुने र देशकाे विकास चलायमान हुनेछ”