चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,२१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले निर्धक्क मताधिकार प्रयोग गरेको भन्दै सबैलार्इ अाफ्नाे मताधिकार प्रयोग गर्न अाग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवा डडेल्लधुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले मताधिकार प्रयोग गरेको भन्दै सबैलाई यो ऐतिहासिक चुनावमा सहभागी भएर यसलाई उत्सवमा परिणत गर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुन ।