October 24, 2017

दोस्रो मिडिया कप ‘दमक रन’ को उपाधी घिमिरे र थापालाई

दमक २३ बैशाख ।   झापाको दमकमा आज सम्पन्न दोस्रो मिडिया कप ‘दमक रन’को उपाधी पुरुषतर्फ चिरञ्जीवी घिमिरे र महिलातर्फ नविना थापाले  जितेका छन् ।
पुरुषतर्फको ५ किलोमिटरको दुरी घिमिरेले २२ मिनेट ४६ सेकेण्डमा पार गरे । उनी पाथीभरा एफएममा कार्यरत छन् । त्यस्तै स्टार एफएम दमकका पदम खड्का २४ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा पत्रकार उत्तम रिजाल तेस्रो भए ।
उनले निर्धारित दूरी २७ मीनेट ३४ सेकेण्डमा पार गरेका थिए । तीनै जनाले डिटिसी ब्राण्डको मोबाइल हात पारे। महिलातर्फको ३ किलोमिटर दुरी १६ मिनेट १८ सेकेण्डमा पार गर्दै रेडियो झापाकी नविना थापाले उपाधी हातपार्दा सोहि एफ।एमकी रञ्जु निरौला दोश्रो भइन् । उनले १६ मिनेट ४० सेकेण्डमा दूरी पार गरिन् । त्यस्तै १७ मिनेटमा दूरी पार गर्दै हिमशिखर टेलिभिजनकी गीता ढुंगाना तेस्रो भइन् ।
महिलातर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश ३ हजार, २ हजार र १ हजार रुपैयाँ हात पारे । ‘दमक रन’ले आफ्नो रन ७२ औं हप्तामा पुगेको अवसरमा यो रनको आयोजना गरेको हो ।