ढुक्क भएर आफ्नो मताधिकार प्रयाेग गर्न प्रमुख निर्वाचन आयुक्तकाे अाग्रह

काठमाड‌ाैं, २० म‌ंसिर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आयोगले सुरक्षाको व्यवस्था मजबुत बनाएकाले ढुक्क भएर मतदान स्थलमा गर्इ मतदान गर्न सबै मतदातालार्इ आग्रह गरेका छन् ।

पत्रकार सम्मेलन गर्दे प्रमुख आयुक्त यादवले यादवले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिकको हक भएकाे भन्दै बिहान सात बजेदेखि मतदानमा सहभागी हुन आग्रह गरे  ।

४५ जिल्लामा १ लाख ५५ हजार कर्मचारी खटाइएको प्रमुख आयुक्त यादवले बताए । बिहिबार १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । पहिलो चरणमा म‌ंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भएको थियो ।

पहिलो चरणमा शान्तिपुर्ण निर्वाचन भएको थियो । दोस्रो चरणमा पनि शान्तिपुर्ण हुने दाबी गरे । सबै जिल्लाहरुमा मतपेटिका, मतपत्र र अन्य निर्वाचनका सामाग्री पुगिसकेको तथा मतदानपछि मतपत्र जिल्ला सदरमुकाम ल्याउने व्यवस्था समेत मिलाइसकिएको उनले बताए ।

त्यस्तै उनले निर्वाचन सम्पन्न भएपछि मतपेटिका सम्बन्धित केन्द्रमा पुर्याइने र मतगणना सुरु गरिने जानकारी दिए ।