नेपालद्वारा युएईसामू २ सय २२ रनको लक्ष्य पेश

काठमाडाैं,२० मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी अन्तिम चरणको पहिलो खेलमा नेपालले युएईसामु २ सय २२ रनको चुनौती पेश गरेको छ ।

युएईकाे राजधानी आबुधावीमा रहेकाे शेख जायद क्रिकेट रंगशालामा जारी खेलमा टस गुमाएर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय २१ रन बनाएको छ ।

नेपाललाई मध्यम स्कोरसम्म पु¥याउन शरद भेषावकरले नटआउट ८१ रनको योगदान दिए । त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले पारी ५४ रन बनाउँदा कप्तान पारस खड्का र सोमपाल कामीले समान २०-२० रन बनाए ।

युएईका लागि जाहर खानले दुई विकेट लिएका थिए । दुई सय २२ रनको मध्यम स्कोर पछ्याउँदै युएईले अहिले ब्याटिङ गरिरहेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको अन्तिम तथा सातैँ चरणमा नेपालले घरेलु टोली युएईसँग दुई खेल खेल्ने छ ।

च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेका नेपाल र युएई दुवैको लागि यो प्रतिष्ठाको लडाई हुने छ । गत महिना भएको छैटौं चरणको खेलमा हङकङसँग एक खेलमा हार र अर्को खेलमा अंक बांडेपछि तालिकाको छैटौं स्थानमा रहँदै नेपाल डिभिजन टु मा घटुवा भएको थियो ।

यता, युएई भने तालिकाको पुछारमा रह“दै डिभिजन वानबाट घटुवा भएको हो ।