फिल्म ‘बत्ती गुल मीटर चालू’ मा कट्रिना अाउट, शाहिदकाे जाेडी काे ?

मुम्बर्इ, २० मंसिर । हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ का निर्देशक श्री नारायण सिंहले अागामी प्रोजेक्टकाे रुपमा फिल्म ‘बत्ती गुल मीटर चालू’ काे तयारी शुरु गरेका छन् ।

उक्त फिल्ममा शाहिद कपुरलार्इ मुख्य भूमिकामा चयन गरिएकाे छ भने उनकाे जाेडीकाे रुपमा अभिनेत्री भने काे रहने भन्ने विषय निकै चर्चामा रह्याे । शाहिदकाे विपरीत भूमिकामा कट्रिना क्याफ र श्रद्धा कपुरकाे नाम चर्चामा रहेतापनि अन्ततः इलियाना डिक्रुजलार्इ चयन गरिएकाे छ ।

‘बत्ती गुल मीटर चालू’ मा शाहिद कपुर वकिलकाे भूमिकामा देखिने भएका छन् ।  एक साेसल ड्रामाकाे रुपमा निर्माण हुन लागेकाे उक्त फिल्ममा बिजुलीकाे चर्काे मूल्य तिर्न बाध्य सर्वसाधारणकाे कथावस्तुलार्इ समेट्न लागेकाे बताइएकाे छ ।

शाहिद कपुर र इलियाना डिक्रुजकाे जाेडीले याे भन्दा पहिले ‘फटा पोस्टर निकला हिरो’ मा एकसाथ काम गरिसकेका छन् । शाहिदले अभिनय गरेकाे अ‌ंतिम फिल्मकाे कुरा गर्ने हाे भने हाल विवादित रहेकाे फिल्म ‘पद्मावती’ ले सेन्सर बाेर्डकाे सर्टिफिकेट कुरिरहेकाे छ ।