चलचित्र ‘लभ डायरिज’को घोषणा, सुशिल र रुविनाकाे मुख्य भूमिका रहने

काठमाण्डाै, २० मंसिर । सौरभ चौधरीकाे  निर्देशनमा बन्न लागेकाे चलचित्र ‘लभ डायरिज’को घोषणा भएको छ ।

साे चलचित्रमा नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहनेछ भने रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । यो चलचित्रमा स्पेसल लुक्स दिनका लागि नायक श्रेष्ठले कपाल समेत पालेका छन् ।

निर्माण टिमले सुशिलको नयाँ लुक्स पनि सार्वजनिक गरेको छ ।  साहिल खान एसोसियट निर्देशकको रुपमा रहने उक्त चलचित्रमा साहिल र मिलन श्रेष्ठको सम्पादन रहनेछ ।

विनोद सापकोटाको निर्माण, वीवी ढकालको सह-निर्माण रहने साे चलचित्र इइस्टेर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हाे । चुनाव लगत्तै छायांकनमा जान लागेको चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेल र कविराज गहतराजको कोरियोग्राफी रहने बताइएकाे छ ।