कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

कपिलवस्तु,२० मंसिर । कपिलवस्तु क्षेत्र नं १ (क) का नेपाली कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार पूर्णप्रसाद थारूको गाडीमा शक्तिशाली बम  विस्फोट भएको छ ।

विस्फोटबाट प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा पूर्ण रुपमा क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त विस्फोटमा संलग्नकाे खाजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।