दिल्ली र गुजरातको खेलमा बन्याे सर्वाधिक छक्काकाे रेकर्ड

काठमाण्डौ, २२ वैशाख । दिल्ली डेयरडेभिल्स र गुजरात लायन्सबीच बिहीबार राति भएको खेलमा नयाँ रेकर्ड कायम भएको छ ।

उक्त म्याचमा सर्वाधिक छक्का प्रहारको रेकर्ड कायम भएको छ । दिल्लीका खेलाडीले प्रहार गरेको २० छक्का र गुजरातका खेलाडीले प्रहार गरेको ११ छक्का मिलाएर उक्त खेलमा ३१ छक्का प्रहार भएको थियो ।

गुजरातले ११ छक्का प्रहार गरेर २ सय ८ रन बनाएको थियो भने दिल्ली उक्त लक्ष्य भेट्याउने क्रममा २० छक्का प्रहार गरेको थियो । साे खेलमा दिल्लीले गुजरातविरुद्ध ७ विकेटले जित दर्ता गरेको थियो ।