टस जितेर बैंग्लोर बलिङ गर्दै

काठमाण्डौ, २२ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत अहिले रोयल च्यालेन्जर्स बैंग्लोर र किंग्स एलाभेन पञ्जाब भिड्दैछन् ।

बैंग्लोरको चिन्नास्वामी स्टेडियममा भएको खेलमा बैंग्लोरले टस जितेर बलिङ गरिरहेको छ । आजको खेलमा पञ्जाब जित निकालेर प्रतियोगितामा आफ्नो सम्भावना कायम राख्न चाहन्छ । बैंग्लोरका लागि भने प्रतिष्ठाको खेल मात्र हुनेछ ।

अङ्क तालिकामा पञ्जाबको ९ खेलबाट ८ अङ्क रहेको छ भने बैंग्लोर ११ खेलबाट ५ अङ्क बटुल्दै तालिकाको पुछारमा रहेको छ ।