शशि कपुरकाे निधन, अाज दिउँसाे १२ बजे अन्त्यष्टी गरिंदै

मुम्बर्इ, १९ म‌ंसिर । बलिउडका दिग्गज फिल्म अभिनेता शशि कपुरकाे सोमबार निधन भएको छ ।

हिन्दी सिनेमामा उनको उत्कृष्ट अभिनयका कारण करीब २५ वर्षसम्म दर्शकको मनमुटुमा बस्न सफल शशि कपुरकाे लामाे समयकाे बिरामीपश्चात् ७९ वर्षकाे उमेरमा मुम्बर्इस्थित् कोकिलाबेन  धिरुभाइ अम्बानी अस्पतालमा  निधन भएकाे हाे ।

उनकाे निधनकाे खबर पाउनेबित्तिकै बलिउडका तमाम हस्तीहरू श्रद्धांजली दिन शशिकाे घर पुगेका छन् । निधनकाे समाचार पाएपछि उनका भतिज ऋषि कपुर दिल्लीमा भइरहेकाे अाफ्नो फिल्म सुटिंग छाेडेर तुरुन्त मुम्बर्इ गएका थिए ।

अभिनेता शशिकाे मृत्यकाे खबरपछि सबैभन्दा पहिले बच्चन परिवार उनकाे घरमा पुगेका थिए । अिमिताभ बच्चन र शशि कपुर नजिकका साथी मात्र नभर्इ ‘दिवार’, ‘सुहाग’, ‘त्रिशूल’ जस्ता फिल्महरुमा सँगै काम पनि गरेका थिए ।

शशि कपुरकाे अन्तिम संस्कार अाज स्थानीय समय अनुसार दिउँसाेे १२ बजे हुने जनाइएकाे छ ।