August 23, 2017

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको अादेशमाथि पूनर्विचार गर्ने

काठमाण्डौ, २२ वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको शुक्रबारको आदेशले संसदको विशेषाधिकारको हनन भएको ठहर गर्दै त्यसलाई पूनर्विचार गर्न सर्वोच्चलाई आग्रह गर्ने भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि बसेको दुई पार्टीको बैठकले उक्त आदेशले संसदको विशेषाधिकार हनन गरेको निश्कर्ष निकालेको हो । माओवादी केन्द्रका नेता तथा सांसद रामनारायण विडारीले सर्वोच्च अदालतले संसदको विशेषाधिकार हनन गरेकाले यसलाई पूनर्विचार गर्न माग गरिने बताए ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सर्वोच्च अदालतले विगतमा सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको र अहिले संसदको विशेषाधिकारमा प्रवेश गरेको बताइन् । त्यस्तै महाअभियोगका प्रस्तावकर्ता मिन विश्वकर्माले सदनको अधिकार हनन गरी सर्वोच्चको आदेश आएको दुई दलको निष्कर्ष भएको बताए ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताले विभिन्न पक्षसँग परामर्श गरेका थिए ।