October 22, 2017

विद्युतीय यन्त्रबाट मतदान गराउने व्यवस्था गर्न दृष्टिविहिन संघको माग

काठमाण्डौ, २२ वैशाख । दृष्टिविहीन नागरिकले यथाशक्य छिटो मतदान गर्न विद्युतीय यन्त्रबाट मतदान गराउने व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

आयोगले दृष्टिविहीनका लागि स्थानीय तह निर्वाचनसम्बन्धी आयोजना गरेको प्रशिक्षणमा सहभागी दृष्टिविहीन नागरिकले यस्तो आग्रह गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले लोकतान्त्रिक सविधानानुसार पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकाले सक्रिय सहभागी हुन दृष्टिविहीन नागरिकसँग आग्रह समेत गरे ।

नेपाल नेत्रहीन सङ्घका अध्यक्ष रमेश पोखरेलले देशभरि करिब दुई लाख दृष्टिविहीन रहेको जानकारी दिए । एकदिने प्रशिक्षण कार्यक्रममा २५ जिल्लाका ४१ जनाको सहभागिता थियो ।