अमिलो डकारबाट मुक्त हुने ४ घरेेलु तरिका जानीराखौं

यदि तपाइँ अमिलो डकार आएर हैरान हुनुहुन्छ भने चिन्ता नलिनुहोस्, बरु अपनाउनुहोस् यस्ता घरेलु औषधी र उपाय । डकार्नु एउटा स्वभाविक प्रकृया हो जसको मद्दतले पेटमा भएको अतिरिक्त ग्याँस बाहिर निस्कन्छ ।

तर अमिलो डकार बारम्बार आइरह्यो भने पक्कै पनि निको लाग्दैन । सार्वजनिक सभा समारोह र कार्यक्रमहरूमा अरुको सामु डकार्नु पर्दा लाजमर्दो भइन्छ । आउनुहोस्, अमिलो डकारबाट मुक्त हुने सजिलो घरेलु तरिका जानीराखौं ।

दही

दहीले पेटमा हुने प्राकृतिक ब्याक्टेरियालार्इ सन्तुलनमा राख्न सहयोग गर्दछ । पेटमा हुने उक्त ब्याक्टेरिया असन्तुलन भएपछि मानिसलार्इ ग्याँस एवं डकार जस्ता कैयौं समस्याहरूले पिरोल्न थाल्दछ ।

यस्तोबेला तपाइँ दही सेवन गरी तुरुन्त राहत महसूस गर्न सक्नुहुन्छ । दिनहुँ आफ्नो भोजनमा दही समावेश गर्नुभयो भने यस्ता विकार एवं समस्या स्वतः भाग्छ । यसको सट्टा मोही पनि खान सक्नुहुन्छ ।

पुदिनाको चिया

पुदिनाको चिया पिउँदा पेटमा उत्पादन हुने ग्याँसलार्इ कम गर्छ भन्नेबारे धेरैलार्इ थाहा नहुन सक्छ । साथै पुदिनाको चियाले डकार तथा पेटको दुखाइमा समेत राहत दिन्छ । धेरै नै डकार आइरहेको छ भने दिनमा २ वा ३ कप पुदिनाको चिया पिउन सक्नुहुन्छ ।

 

 

सुकुमेल

सुकुमेल खानाले पेटमा तुरुन्तै पाचन-रस बन्दछ जसले गर्दा कम ग्याँस बन्दछ । यसले पेट फुल्ने समस्यालार्इ पनि हटाउँछ । दिनमा तीन पटक केही सुकुमेल चपाउनुहोस्, तपाइँको ग्याँस तथा डकारको समस्या आफैं भाग्छ ।

सुप/सौंप

सुप खानाले पनि ग्याँस एवं डकारको समस्या हट्छ । सुपको सेवनले पाचन-प्रकृयालार्इ राहत दिनुका साथै पेट फुल्ने, खाना अपच हुने तथा घाँटी पोल्ने जस्ता समस्याबाट मुक्ति दिन्छ । खाना खाएपछि आधा चम्चा भुटेको सौंप चपाउनाले बारम्बार आइरहने अमिलो डकारबाट राहत मिल्छ ।