उत्तर काेरियामा अाक्रमण भए जापान र दक्षिण काेरिया पहिलाे शिकार हुन्छन्: रुस

काठमाण्डाै, १७ मंसिर । कोरियाली प्रायद्वीपमा युद्ध भड्किएमा जापान र दक्षिण कोरिया पहिलो शिकार हुने रुसका विदेशमन्त्री सर्गे लाभ्रोभले चेतावनी दिएका छन् ।

बेलारुसको टीभीमा अन्तर्वार्ता दिँदै उनले भने,”हामीहरू प्योङयाङको आणविक हतियार कार्यक्रमको निन्दा गर्छौं तर अमेरिकीहरूले स्थिति भड्काउन खोजेकोलाई पनि भर्त्सना गर्छौं ।”

अमेरिकाले जापानी र दक्षिण कोरियालीहरूलाई अाफ्नाे पक्षमा उक्साउन खोजिरहेकाे तर युद्ध भइहाल्यो भने ती दुई देश नै पहिलो शिकार बन्ने पनि लाभ्रोभले बताए ।

अघिल्लो हप्ता उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । हाल अमेरिकाले अाफू सामु उत्तर काेरिया सबैभन्दा ठूलाे समस्याकाे रुपमा रहेकाे विश्लेषण गर्दै अाइरहेकाे छ । -एजेन्सी