Breaking News

‘पाकिस्तानका हिन्दु धार्मिक सम्पदाहरु’ नामक पुस्तक प्रकाशन

काठमाण्डौ, २२ वैशाख । पाकिस्तामा रहेका हिन्दू सम्प्रदाहरुका बिषयमा जानकारी दिन नेपालमा रहेको पाकिस्तान दुतावासले ‘पाकिस्तानका हिन्दु धार्मिक सम्पदाहरु’ नामक पुस्तक प्रकाशन गरेको छ ।

उक्त पुस्तकको शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले र नेपालका लागि पाकिस्तानी राजदूत जावेद अख्तर उम्व्राहिमले संयुक्त रुपमा विमोचन गरे । पुस्तकमा पाकिस्तामा रहेका हिन्दू धार्मिक सम्पदाहरुको विवरणका साथै तस्बीर र जानकारी राखिएका छन् । पुस्तकलाई डाक्टर सफ्दर अलि साह र साईद जावेद काजीले तयार गरेका हुन् ।

पुस्तक विमोचन कार्यक्रममा राप्रपाका अध्यक्ष थापाले हिन्दू धर्म विश्वभर फैलिएकाले यसको महत्व कति छ भने प्रष्ट हुने बताए । त्यस्तै राजदूत उम्व्राहिमले पाकिस्तानमा रहेका हिन्दु आस्थाका केन्द्रलाई विश्वसामू चिनाउन पाउँदा खुसी लागेको बताए ।

shares