किन खानु हुन्न टमाटर र काँक्रो एकैसाथ ? अरु के-के नखाने ?

धेरैलार्इ थाहा नहुन सक्छ सलादमा काँक्रो र टमाटर एकसाथ खानु स्वास्थ्यलार्इ हानीकारक हुन्छ भनेर । यी दुर्इ फल सँगै खाँदा पेटको समस्या देखिन सक्छ । ग्याँस्ट्रिक, पेट फुल्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, थकान, अपच जस्ता समस्याहरू टमाटर र काँक्रो एकैसाथ खाँदा देखिन सक्ने समस्याहरू हुन् ।

यी दुर्इ फलहरू विपरीत फलहरू अन्तर्गत पर्दछन् । यी दुवै फलहरूको पाचन समय फरक-फरक हुन्छ, त्यसैले पेटमा गएर यसले गडबडी गर्न सक्छ । कुनै पनि खानेकुरालार्इ पचाउन लाग्ने समयमा धेरै अन्तर देखिएमा सँगसँगै खान नहुने विज्ञहरू बताउँछन् ।

छिटो पच्ने खानेकुरा अरु खानेकुराको तुलनामा पहिले पचेर आन्द्रामा पुग्दछ, जबकि दोस्रो खाना पच्ने प्रकृया भर्खर शुरु हुँदै हुन्छ । यसले पेटलार्इ मात्र नभर्इ पुरै शरीरलार्इ हानी पुर्याउँछ । गोलभेंडा र काँक्रो एकअर्कालार्इ सहँदैन, त्यसैले एकै चोटि नखानु नै जाति हुन्छ ।

अरु कुन-कुन खानेकुराहरू सँगसँगै खानु हँदैन त ? जानकारी लिऔं ।

दुध र केरा

कतिपयले दुध र केरा एकैसाथ खाने सल्लाह दिइरहेका हुन्छन् तर वास्तविकता भने बेग्लै छ । जब यी दुर्इ चिज पेटमा एकसाथ पुग्दछन्,  दुवैले एकअर्कालार्इ पच्नबाट रोक्दछ । दुवैको पाचन समय पनि फरक-फरक हुने कारणले लगातार एकसाथ खानाले हाम्रो शरीरको खाना पचाउने प्रकृया नै बदलिन थाल्छ । यसले राती निन्द्रा नलाग्ने समस्या पनि पैदा गर्न सक्छ ।

तरबुजा र खरबुजा

यी दुर्इ फलफूल अलग-अलग खानुमा नै फाइदा हुन्छ । यी दुर्इ फलहरू मात्र नभर्इ यी मध्ये कुनै एक अरु कुनै फलफूलसँग पनि खान नहुने बताइन्छ । खाएमा अपच हुने वा पेटसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

ब्रेड तथा चाउचाउसँग जुस

ब्रेड तथा चाउचाउसँग जुस पिउनाले पाचन-प्रणालीलार्इ आवश्यक पर्ने इंजाइम अर्थात् पाचन-रसलार्इ नष्ट गर्दछ जसले गर्दा पेटमा गडबडी आउँछ ।