सैबै हिरोइनलार्इ पछाडि पार्दै सनी लियोनीको नयाँ रेकर्ड

मुम्बर्इ, १७ मंसिर । बलिउड अभिनेत्री सनी लियोनी  सबैभन्दा बढी अनलाइन सर्च गरिने बलिउड हिरोइनको रेकर्ड बनाउन सफल भएकी छिन् ।

सनीको फिल्म ‘तेरा इंतजार’ बक्स अफिसमा खासै हिट हुन नसके पनि उनले प्रियंका चोपडा, दिपिका पादुकोण, करीना कपुर खान जस्ता बलिउडका ठूला नामहरूलार्इ पछाडि पार्दै अनलाइन प्लेटफर्ममा सबैभन्दा धेरै खोजी गरिने अभिनेत्री बनेकी हुन् ।

 

उक्त लिस्टमा कटरिना कैफ, र्इशा गुप्ता, दिशा पटानी एवं ममता कुलकर्णी जस्ता नामहरू पनि समावेश छन् ।

अभिनेतातर्फको कुरा गर्ने हो भने दिवंगत विनोद खन्नाको नाम सबैभन्दा शीर्ष स्थानमा छ भने कपिल शर्मा दोस्रो स्थानमा छन् । लिस्टमा सलमान खान तथा रजनीकान्त जस्ता दिग्गज एक्टरहरू निकै पछाडि परेको बताइएको छ ।