आर्सनल म्यानचेष्टर युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित

काठमाण्डाै,१७ मंसिर । इंग्लिस प्रिमियरलिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३ – १ गोल अन्तरले पराजित गरेको छ ।

लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा भएको खेलमा एन्टोनियो भ्यालेन्सियाले चौथो मिनेटमा गोल गरेर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ११ मिनेटमा जेसे लिङगार्डले युनाइटेडको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको गरेको थियो ।

४९औं मिनेटमा एलेकजान्डर लाजकाटेले गोल गर्दै आर्सनलकाको आश देखाए पनि  युनाइटेडका लिनगार्डले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड जितको मुखमा पुगेको थियो ।

७४औं मिनेटमा पउल पोग्वाले रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडीमा सिमित भएको  थियो । तर त्यसको फाइदा आर्सनलले उठाउन सकेन र युनाइटेड ३ – १ ले नै विजयी भयो ।

लिगका अर्को खेलमा लिभरपुलले ब्रिङ्टनलाई ५–१ ले पराजित गरेको छ । लिभरपुलको जितमा इम्रे क्यान र काउन्टिन्होले १–१  गोल गर्दा फिर्मिनोले २ गोल गरे । लिभरपुलले एक गोल उपहारको रुपमा पाएको थियो। टोटनह्याम भने वाटफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

लिगमा म्यानचेस्टर सिटी १४ खेलबाट ४० अंक जोड्दै शीर्ष  स्थानमा छ। एक खेल बढी खेलेको युनाइटेड ३५ अंक सहित दोस्रो स्थानमा छ। तेस्रो स्थानको चेल्सीको ३२, चौथो स्थानको लिभरपुलको २९ र पाँचौ स्थानको आर्सनलको २८ अंक छ ।