October 20, 2017

दिल्लीको सर्वाेच्च अदालतले ४ दोषीको फाँसीको सजाय पर सार्‍यो

काठमाण्डौ, २२ वैशाख । दिल्लीको सर्वाेच्च अदालतका तीन न्यायाधीशको इजलाशले सन् २०१२ को ‘निर्भया’ सामूहिक बलात्कार र हत्याका ४ दोषीको फाँसीको सजायलाई लम्ब्याएको छ ।

अदालतले यसलाई ‘रेयरेस्ट अफ रेयर’ केस मान्दै सजायलाई पछि सारेको हो । अदालतले घटनाका ४ दोषी मुकेश, पवन, विनय शर्मा र अक्षय कुमार सिंहलाई फाँसीको सजाय सुनाएको थियो । यो घटना सन् २०१२ डिसेम्बर १६ मा २३ वर्षीया छात्रा निर्भया माथि घटेको थियो ।

विशेष सूत्रका अनुसार यो फैसलापछि तिहाड जेलमा रहेका ४ दोषीहरुको सुरक्षा पनि बढाइएको छ ।