October 19, 2017

अधिकार खोस्दै स्कुल खोल्ने अनुमति

काठमाण्डौ २ बैसाख । संविधानले बिद्यालय खोल्न अनुमति दिने अधिकार स्थानीय निकायलाई दिएपनि शिक्षामन्त्री धनिराम पौडेलले नयाँ निजी स्कुल खोल्न अनुमति दिने निर्णय गरेका छन् ।

पौडेलले अघिल्लो शुक्रबार मुलुकभर कक्षा १ मा शैक्षिक गुठीमा विद्यालय खोल्न र कक्षा थप्न दिने निर्णय गरेका हुन् ।

यो निर्णयले कार्यान्वयनमा आइसकेको स्थानीय तहको अधिकारसमेत कटौती भएको छ । यो खबर कान्तिपुरमा  छ ।